इजरायल-हमासबीच युद्धविरामका लागि कतारको पहल

काठमाडौं ।  कतारले इजरायल र हमासबीच युद्धविरामका लागि दुवै पक्षलाई दबाब दिने बताएको छ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायलका कारण गाजामा मानवीय संकट चुलिदै गएपछि दुवैपक्षलाई युद्धविरामका लागि मनाउने प्रयास भइरहेको बताएका हुन् ।

गाजा क्षेत्रमा नयाँ युद्धविराम मार्फत हमाले बन्धक बनाएकाहरुलाई मुक्त गर्न मध्यस्थताको प्रयास बढाएको कतारको भनाई छ । यसअघि पनि कतारको मध्यस्थतामा दुई पटकसम्म युद्धविराम भएको थियो । गत अक्टोबरमा प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण थालेपछि इजरायल आक्रामक बन्दै गएको छ । इजरायलको आक्रमणका कारण हजारौ सर्वसाधारण घरबारविहिन भएका छन् भने आधा भन्दा बढी जनसंख्या भोकमरीको चपेटामा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर