प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलको राजीनामा

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा मन्त्रिपरिषद्को निर्णयबाट गत वर्ष माघ ९ गते नियुक्त भएका थिए। उनले मंसिर २० गते पदबाट राजीनामा दिएपनि स्वीकृत नभएको बताइएको छ ।

गत निर्वाचनमा सिन्धुली-२ मा माओवादी केन्द्रबाट उम्मेदवारको आकांक्षी रहेका गजुेरेलले टिकट नपाएपछि  रुष्ट बनेका थिए । उनको असन्तुष्टिलाई साम्य गर्न प्रधानमन्त्री रहेका अध्यक्ष दाहालले आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्।

विविध कारणले पदबाट राजीनामा दिएको भएतापनि गजुरेलले राजीनामाको कारणबारे नखुलाए पनि भूमिकाविहीन बनाइएपछि राजीनामा दिन बाध्य भएको बताइन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर