चितवनमा आफूमाथि हुलहुज्जत भएको रवि लामिछानेको गुनासो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा आफूमाथि हुलहुज्जत भएको रविको गुनासो गरेका छन् ।
चितवनको भरतपुर–११ स्थित नयाँकिरण माविमा आइतबार अवलोकनका लागि पुगेका उनीमाथि हुलहुज्जत भएपछि फेसबुक लाइभमार्फत लोकतन्त्रको सुन्दर पक्षलाई नजरअन्दाज, हुलहुज्जत गरे इतिहासको मूल्यांकन गर्ने उनले बताए।

उनले भनेका छन्, ‘सबैजनालाई संयमित हुनुहोला। यतिखेर हामीसँग मतदान बाहेक विकल्प छैन। लोकतन्त्रको सुन्दर पक्ष मतदान हो। अन्य राजनीतिक दलले के तयारी गरिरहेका छन् थाहा छैन। राजनीतिक दलहरूलाई लोकतन्त्रको सुन्दरताको कुरा गरिरहनुभएको छ। यो पक्षलाई नजरअन्दाज, हुलहुज्जत गर्नुभयो भने इतिहासको मूल्यांकन गर्नेछ।’

सभापति लामिछानेले अन्य राजनीतिक दलहरूको गलत हर्कतलाई चितवनवासीले हेरिरहेकाले एक माघले जाडो नजाने चेतावनी दिएका छन्। ‘साथीहरू एक माघले जाडो जाँदैन। चितवनवसीले तपाइँहरूलाई हेरिरहेका छन्। हामीले मतदाताको भरमा ममाथि भएको षड्यन्त्र र घेराबन्दीलाई मतदाताले हेरिरहेका छन्,’ उनले भनेका छन्।
सभापति लामिछानेले चितवनलाई संसारले हेरिरहेकाले आफू पनि संयमित भएको बताएका छन। उनले आफ्ना पार्टीका समर्थकहरूलाई संयमित भएर उपनिर्वाचनमा खटिन पनि निर्देशन दिएका छन्। ‘मभित्र ज्वाला बलेको छ। तर, संयमित भएको छु। तपाइँहरू पनि संयमित रहनुहोला,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर