लोसपामा राजेन्द्र महतो असन्तुष्ट, बैठक बहिष्कार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र केन्द्रीय समितिमा नेताहरुको मनोनयन र पदाधिकारीको जिम्मेवारी बाँडफाँटलाई लिएर खटपट देखिएको छ । मधेशवादी नेता तथा कार्यकर्तालाई केन्द्रीय समितिमा समावेश नगरेको र उपयुक्त जिम्मेवारी नदिएको भन्दै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आइतबार बसेको केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन् ।

”पार्टीमा योगदान गरेका मधेशका नेता कार्यकर्तालाई पाखा लगाउने काम भयो । त्यसमा मेरो असन्तुष्टि हो । इमान्दार कार्यकर्ता र नेतालाई बाहिरै राखेर बैठकमा कसरी जानु? पार्टी अध्यक्षलाई यो विषय सम्बोधन गर्नुहोस् अनि बैठकमा आउला भनेको छु”, नेता महतोले सञ्चारकर्मीहरूसँग भने

केन्द्रीय समितिमा नेताहरूको मनोनयन र जिम्मेवारी बाँडफाँटमा पार्टी अध्यक्ष महन्थ ठाकुरले एकलौटी गरेको नेता महतोको आरोप छ । राष्ट्रियसभाको निर्वाचन, विस्तारित केन्द्रीय कार्य समिति बैठक लगायतका ९ वटा विभिन्न एजेन्डामा छलफल गर्न आइतबार केन्द्रीय कार्य समितिको बैठक राखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर