नागढुंगा दुई किलो सुन प्रकरणमा एक चिनियाँ पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंकाे चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकपाेस्टबाट बरामद गरेको २ केजी सुन प्रकरणमा १ चिनियाँलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फरार रहेका चिनियाँ २७ वर्षीय चेन जीवेईलाई पक्राउ गरेकाे काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । यही प्रकरणमा प्रहरीले गएकाे बिहीवार राति नागढुङ्गा चेकपाेस्टबाट रसुवाको गोसाइँकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेललाई पक्राउ गरेकाे थियाे ।

प्रहरीले रसुवाबाट काठमाडौं आउँदै गरेकाे बाग्मती प्रदेश ०१–०२८ च २६९७ नम्बरकाे जीपबाट सुन बरामद गरेकाे थियाे । पक्राउ परेका जीवेईलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर