आइतबार सुन तोलामा १३ सय घट्यो

काठमाडौं ।  आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । अस्ति, शुक्रवार सुनको भाउ तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ थियाे।

अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने भाउमा उतारचढाव आएको थियो । यस्तै, अहिल्लो हप्ता महँगो भएको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज चाँदीको भाउ तोलाको एक हजार ४ सय २५ रुपैयाँ तोकेको छ ।

अघिल्लो हप्ता चाँदीको भाउ तोलाको एक हजार ५ सय ४५ रुपैयाँसम्म पुगेको थियो । अस्ति शुक्रवार भने चाँदीको भाउ एक हजार ४ सय ६० रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर