त्रिभुवन विमानस्थलबाट फेरि ६ किलोभन्दा बढी सुन बरामद

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । गएराति विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको जहाजबाट आएका विदेशी नागरिकको साथबाट ६ किलोभन्दा बढी सुन बरामद भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

भन्सारबाट बाहिरिसकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनको साथमा विदेशी नागरिक पनि पक्राउ परेका र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई दिनअघि मात्रै विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो । (फाइल :तस्बिर)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर