गाजामा युद्धविरामको राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो

काठमाडौं ।  इजरायल र हमासबीचको युद्धमा तत्काल मानवीय युद्धविरामको लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ।

सुरक्षा परिषद्का १३ सदस्यले शुक्रबार यूएईद्वारा पेस गरिएको मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका थिए। अमेरिकाले भने भिटो प्रयोग गरेको थियो। बेलायत मतदानमा सहभागी नै भएन।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई महिना लामो युद्धबाट हुने विश्वव्यापी खतराबारे १५ सदस्यीय परिषद्लाई औपचारिक रूपमा चेतावनी दिन धारा ९९ प्रयोग गरेपछि मतदान भएको हो। इजरायल र गाजाबीचको युद्ध जारी छ। गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा परि १७ हजार ४८० भन्दा बढी मानिस मारिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर