धर्मगुरु आचार्य श्रीनिवास हिरासतबाट रिहा

काठमाडौं ।  धर्मगुरु आचार्य श्रीनिवास हिरासतबाट रिहा भएका छन्। मेडिकल व्यवासायी समेत रहेका दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुँदा उनलाई प्रहरीले गौशालाबाट गत ११ मंसिरमा पक्राउ परेका थिए। प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा श्रीनिवास पक्राउ परेका थिए।

उनीसहित प्रहरीले सो अभियानबाट १७ जनालाई दुई दिनमा पक्राउ गरेको थियो। पक्राउ परेका सबै हिरासतबाट छुटेको ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का सदस्य हरि कार्कीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर