यू–१९ एसिया कप क्रिकेट : नेपालको खराब सुरुवात

काठमाडौं ।  यू–१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग खेल्दैछ । यूएईमा टस हारेर ब्याटिङमा आएको नेपालले खराब सुरुवात गरेको छ । पाकिस्तानविरुद्ध नेपालका ब्याटर खेल्नै सकेका छैनन् । तिलक भण्डारीलाई ७ रनमा गुमाएको नेपालका लागि अर्जुन कुमाल २१ रन बनाएर आउट भएका छन् ।

कप्तान देव खनाल १३ बल खेल्दै शुन्य रनमा आउट हुदाँ आकाश त्रिपाठी ६ रनमा पोविलियन फर्किएका छन् ।
गुलसन झा समेत १ रनमा आउट भएका छन् । नेपालले २१ ओभरको समाप्तिमा ५ विकेट गुमाएर मात्र ६० रन बनाएको छ ।

पाकिस्तानका बलर नेपालका ब्याट्सम्यान समक्ष हाबी बनेका छन् । नेपालविरुद्ध बलिङ गरेको सबै बलरले विकेट पाएका छन् । आमिर हसन, उबेद साह र अली अस्फनले समान एक एक विकेट लिएका छन् । मोहमद जिसनले २ विकेट चट्काएका छन् । प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् । समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर