भूकम्पपीडितलाई आवासीय घर कर्जा दिइने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले भूकम्पका कारण क्षतिग्रस्त आवास पुनर्निर्माणका लागि आवासीय घर कर्जा दिइने जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको शुक्रबार प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र केन्द्रीय बैंकले २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरेको बताएको छ। सो कर्जा प्राप्त गर्नका लागि सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवार हुनुपर्ने बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर