९०० घट्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ।

यसअघि शुक्रबार तोलामा ४०० रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला ९०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर