सप्तकोशीमा डुबेर तीनको मृत्यु

काठमाडौं । श्राद्धमा गएका झापा दमक–९ का दुई दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरू सप्तकोशीमा नुहाउन पसेका थिए ।

सप्तकोशीमा डुबेर मृत्यु हुनेहरुमा दमक नगरपालिका –९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उहाँका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका ७ का राजु गुरागाईँ रहनु भएको छ । गत बुधबार सप्तकोसी नदीमा नुहाउने क्रममा तीन जना बेपत्ता भएकोमा एक जनाको शव सोही दिन फेला परेको थियो । बेपत्ता भएका दुई जनाको शव भने शनिबार मात्र फेला परेको बताइएको छ ।

बुधबारदेखि बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले फेला पारेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर