गाजामा राष्ट्रसंघको शक्तिशाली धारा लागू

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्नका लागि अपिल गरेका छन् । संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लागू गर्दै उनले युद्धविरामका लागि अनुरोध गरेका ह्न् ।

यो धारा संयुक्त राष्ट्रसङ्घको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो । संयुक्त राष्ट्रसङ्घको इतिहासमा मात्र नौ पटक यो धाराको प्रयोग भएको छ । दशकौँदेखि यो धारा प्रयोगमा ल्याइएको थिएन । गाजापट्टीमा भइरहेको सङ्कटबारे सदस्य राष्ट्रहरुको ध्यानाकर्षण गराउन र युद्धविराम लागू गराउन गुटरेसले यो धारा लागू गरेका अलजजिराले जनाएको छ ।

गाजाका अस्पतालहरुलाई युद्ध मैदान बनाइएको भन्दै उनले त्यहाँको स्वास्थ्य प्रणाली ध्वस्त भएको बताए । त्यहाँका नागरिकलाई जीवित रहनका लागि अति आवश्यक सामग्रीसमेत नभएको र यस्तो अवस्थामा पनि इजरायलले लगातार बमबारी गरिरहेको खबरमा उल्लेख छ ।

गुटरेसका अनुसार गाजा क्षेत्रको सार्वजनिक व्यवस्था पूरै ध्वस्त हुन सक्छ । उनले गाजामा भइरहेको युद्ध रोक्न अपिल गर्दै अन्तर्राष्ट्रिय समुदायलाई युद्ध विरामका लागि सक्दो प्रयास गर्न आग्रह गरे । संयुक्त राष्ट्रसङ्घले गाजामा भइरहेको युद्ध रोक्न अपिल गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर