हेटौँडा-सतुङ्गल सडक एक महिनाका लागि बन्द

काठमाडौं ।  हेटौँडालाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो दुरीको महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द भएको छ । मकवानपुर र काठमाडौंको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले आजदेखि एक महिनाका लागि गाडीको आवागमन बन्द गरिएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङले दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले निर्धारित समयभित्र सडक बनाउन आवागमन बन्द गरिएको जानकारी दिए । हेटौँडा–काठमाडौं आवतजावत गर्ने जीपलगायतका साना गाडीको चाप धेरै हुँदा काममा अवरोध पुग्ने भन्दै उनले सडक स्तरोन्नति कार्य निर्धारित समयभित्र सम्पन्न गर्न आउँदो पुस २१ गतेसम्मका लागि गाडीको आवतजावत बन्द गरिएको बताए  ।

काठमाडौंतर्फका मोडहरूमा ढलान र मकवानपुरतर्फ पाटीचौर आसपासमा सडक चौडा गर्नुपर्ने भएकाले आवागमन बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । सडक प्रदेश सरकारमार्फत स्तरोन्नतिको काम भइरहेको हो । दुवै सडकखण्ड बनाउन निर्माण कम्पनीसँग १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएकोमा पछिल्लो समय म्याद थप भएको समयमा पनि काम पूरा भएको छैन । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर