सुन प्रति तोला दुई सयले बढ्यो

काठमाडौं । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजो एक लाख १८ हजार चार सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ ।  हिजो तोलाको एक हजार चार सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । विवाहको सिजन भए पनि सुनचाँदीको भाउमा आएको उतारचढावका कारण खासै कारोबार  नभएको व्यापारीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर