अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु

 काठमाडौं । अमेरिकाको लस भेगास सहरस्थित नेभाडा विश्वविद्यालयमा गोली चलेको घटना सार्वजनिक भएको छ । उक्त घटनामा संदिग्ध आक्रमणकारीको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ।

युनिभर्सिटी अफ नेभाडा, लस भेगास क्याम्पसमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने चौथो व्यक्ति गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । संदिग्ध गोली चलाउने व्यक्ति पनि मृत फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो भएको आक्रमणपछि प्रहरी क्याम्पस पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर