गण्डकी मुख्यमन्त्री विश्वासको मत पाउन असफल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत पाउन असफल भएका छन्। मुख्यमन्त्री अधिकारीले शनिबार प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथि मतदान भएको थियो।

प्रदेश सभामा शनिबार भएको मतदानमा अधिकारीको प्रस्तावको पक्षमा केवल २४ मत पाए। ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि न्यूनमत ३१ मत पाउनुपर्ने थियो। मतदानमा ५९ सांसद सहभागी भएको सभामुख कृष्णप्रसाद धितालले जानकारी गराए। विपक्षमा भने ३५ मत परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर