म्यानचेस्टर युनाइटेडको जित

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बुधबार राति भएको खेलमा युनाइटेडले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा स्कट म्याक्टोमेनीले दुवै गोल गरेका थिए । चेल्सीका लागि कोल पालमरले १ गोल फर्काए । घरेलु मैदान वल्ड टाफोर्डमा युनाइटेडले १९ औं मिनेटमा म्याक्टोमेनीको गोलमा अग्रता बनाएको थियो ।

४५ औं मिनेटमा चेल्सीका पालमरले बराबरी गोल गरेका थिए । तर, ६९ औं मिनेटमा म्याक्टोमेनीले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडले  २–१ को अग्रता लियो । सोही अग्रता अन्तिमसम्म कायम राख्दै जित निकाल्न सफल भयो ।

जितसँगै युनाइटेडले प्रिमियर लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ । युनाइटेडका २७ अंक रहेको छ । पराजित भएको चेल्सी भने १९ अंकका साथ १० औं स्थानमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर