नेपालीलाई रुसी सेनामा पठाउनेहरू प्रहरीको फन्दामा

काठमाडौं । रुसी सेनामा नेपाली भर्ती गराएको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर टेकुले उनीहरूलाई बुधबार  सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।

उनीहरूबाट प्रहरीले रुसी सेनामा पठाउन तयार अरू नेपालीहरूको पासपोर्ट, पैसासहित अन्य कागजपत्र समेत बरामद गरेको छ। उनीहरूको साथबाट ४३ वटा पासपोर्ट नियन्त्रणमा लिइएको छ। पक्राउ पर्ने सुजता दाहालको कार्यालयबाट १४ लाख र ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख रुपैयाँ बरामद गरिएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर