चीनले दियो तालिबानलाई आधिकारिक मान्यता

काठमाडौं ।  चीनले तालिबान सरकारले ताेकेका कूटनीतिज्ञलाई अफगानिस्तानका राजदूतकाे हैसियत दिएकाे छ । याेसँगै चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलाे देश बनेकाे छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मङ्गलवार एक मिडिया ब्रिफिङका क्रममा के चीनले तालिबानलाई अफगानिस्तानकाे वैध सरकारकाे रूपमा मान्यता दिन्छ भनेर साेधिएकाे थियाे । याे प्रश्नकाे जवाफमा मन्त्रालयका प्रवक्ता वेनबिनले भने, ‘अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बहिष्कृत गर्न नहुने चीनको मान्यता छ ।’

यसअघि पनि तालिबानले ताेककाे बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो । सन् २०२१ काे अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबान दाेस्राे पटक अफगानिस्तानकाे सत्तामा आएकाे थियाे । त्यसपछि पाकिस्तान र रुससँगै काबुलमा आफ्नो दूतावास कायम गर्ने तेस्रो देश चीन थियो । भर्खरै भारतमा रहेकाे अफगानिस्तानको दूतावास बन्द गरिएको छ । अहिले तालिबान सरकारले भारतमा नयाँ दूतावास खोल्ने इच्छा व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर