चितवनमा आज अत्यावश्यकबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक

चितवन  । चितवनमा आज (आइतबार) अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।  निर्वाचन क्षेत्र नं. २ मा आज हुने प्रतिनिधि सभा उपनिर्वाचनको सुरक्षालाई दृष्टिगत गर्दै मकवानपुरबाट चितवन जाने सवारी साधन साँझ ६ बजेसम्मलाई रोक लगाइएको हो ।

आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चितवन भर अत्यावश्यक एम्बुलेन्स, दमकललगायतको सवारी साधनबाहेक अन्य सवारी साधनलाई राजमार्गमा रोक लगाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चितवनमा अत्यावश्यक एम्बुलेन्स, दमकललगायतको सवारी साधन बाहेक अन्य सवारी साधनहरुको आवागमनमा रोक लगाइएको हुँदा मकवानपुर भएर चितवनतर्फ जाने अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै सवारी साधनमा रोक लगाइएकाले मालबाहक तथा यात्रुबाहक सवारी साधनहरु नलैजान आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर