चितवन २ मा ५३, बारामा ५० र तनहुँमा ४५ प्रतिशतभन्दा बढी मतदान (अपडेट)

काठमाडौं । चितवन क्षेत्र नं २ मा मतदान जारी छ । दिउँसोको चर्को घामका बीच मतदाताहरु मत हाल्न मतदान स्थल पुगेका छन् ।

यसैगरी तनहुँमा सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र दिउँसो ३ बजेसम्ममा ४५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

आइतबार  ४ बजेसम्ममा ५३  प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । चितवन २ मा ४३ वटा मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । एक लाख २४ हजार ६९५ मतदाता रहेको यस क्षेत्रमा भरतपुर महानगरका १० वता वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् ।

चितवनको भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका थिए। उनीहरुको नाराबाजीका कारण मतदानको लाइनमा उभिएका मानिसहरुलाईसमेत समस्या भएपछि प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो। उनीहरुलाई हटाएर उक्त क्षेत्रमा पुनः मतदान गरिएको थियो । प्रहरीले लाठीचार्ज गरेपछि भागाभाग भएको थियो।

चितवन २ मा १७ प्रतिशत मतदान सम्पन्न भएको छ भने मतदाता उत्साही हुँदै मतदानका लागि लाइन लागेका छन्। चिवतनपछि बारा–२ मा धेरै प्रतिशत मत खसेको छ। बारा २ मा १२ बजेसम्म १५ प्रतिशत मतदान भएको छ। त्यस्तै तनहुँमा १३.६ प्रतिशत मतदान सम्पन्न भएको छ।

बारा क्षेत्र २ मा आइतबार दिउँसो अढाई बजेसम्म ५० प्रतिशत बढी मतदान भएको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । केहीबेर अघिसम्म ५० प्रतिशत बढी मतदान भइसकेको सहायक मुख्य निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिए।

बुथ क्याप्चर गरेको गुनासो

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बाराका दुई वटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिएर जनता समाजवादी पार्टीले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।

बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका अध्यक्ष राउतले जनता समाजवादी पार्टी, नेपालले दुई वटा स्थानमा बुथ कब्जा गरेर पचरौता नगरपालिका बेलडाँडीमा हाम्रा प्रतिनिधिलाई छिर्न नदिएको र यस्तै अवस्था देबताल झिपकैया बुथमा पनि देखिएको बताए ।
राउतले सञ्चारकर्मीसँग भने, “मैले हिजोदेखि नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाइ भएको छैन ।”

प्रहरी प्रशासनको मिलेमतोमा नै जसपाले बुथ कब्जा गरेको आरोप लगाए । बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार छन् ।

बारा २ मा निर्वाचन रोक्न एमालेको माग

बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।

उम्मेदवार पौडेलले ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, सिचाइँ बथलगायतका बुथहरुमा प्रहरीका सइ र असइ नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नांगो रुपमा देखिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर