सुनको भाउ निरन्तर ओरालोतिर, तोलामा ८ सय घट्यो

काठमाडौं । सुनको भाउमा लगातार दोस्रो दिन अर्थात् आज बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

सुनको भाउ हिजो मङ्गलबारका दिन पनि तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति सोमबार सुनको भाउ तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च थियो । आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ४५ ले घटेर १ हजार ५ सयमा झरेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सुनको भाउमा उतारचढाव र आर्थिक मन्दीजस्ता कारणले कारोबारमा असर परिरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए । उनका अनुसार भाउ महँगो हुँदा ग्राहकले आवश्यकताअनुसार मात्रै किन्ने परन्तु आफूसँग भएको पुरानो गरगहनाबाट काम चलाउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर