पुण्यको कहिल्यै क्षय नहुने दिन अक्षय तृतीया

काठमाडौं । आज अक्षय तृतीया पर्व हो । आजको दिन कुनैपनि शुभ कार्य गर्न साइत कुर्नु पर्दैन । त्यसकारण अक्षय तृतीयाको विशेष महत्व रहेको छ । हिन्दु पञ्चाङ्गअनुसार वैशाख महिनाको शुक्लपक्षको तृतीया तिथिका दिनलाई अक्षय तृतीया भनिन्छ । यस दिन गरेको दान, कर्म, जप। तप र शुभ र मांगलिक कार्य को अक्षय अर्थात् कहिल्यै क्षय (नाश) नहुने फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

आजको दिन धनधान्यकी देवी माता श्रीलक्ष्मीको विशेष पूजा, अनुष्ठान गर्ने गरिन्छ । यसपटकको अक्षय तृतीयाका दिन ६ प्रकारको महायोग परेको छ । महायोगमध्ये आयुष्मान, सौभाग्य, त्रिपुष्कर, रवि, सर्वार्थ सिद्धि, र अमृत सिद्धि छन् ।

सनातन धर्म र ज्योतिषमा अक्षय तृतीयाको विशेष महत्व छ। अक्षय तृतीयालाई सिद्धि मुहूर्त मानिन्छ। ज्योतिषशास्त्रका अनुसार अक्षय तृतीया, विजयादशमीका तिथिलाई स्वयम् मुहूर्त मानिन्छ । यसमा कुनै पनि प्रकारको शुभ कार्य गर्नको लागि मुहूर्त खोज्न पदैृन । ज्योतिषशास्त्रका अनुसार अक्षय तृतीयाको दिन सूर्य र चन्द्रमा आफ्नो उच्च राशिमा रहन्छन् । यस प्रकारको संयोग एक वर्षमा यो मितिमा मात्र हुन्छ। यसै कारणले यसलाई अबुझ मुहूर्त भनिन्छ।

अक्षय तृतीयाको दिन सूर्य आफ्नो उच्च राशि अर्थात् मेष राशिमा हुन्छ र चन्द्रमा आफ्नो उच्च राशिमा हुन्छ। अक्षय तृतीयाको दिन शुभ कार्य गर्नाले व्यक्तिको जीवनमा सदैव सुख र सौभाग्य छाओस् । अक्षय तृतीयाको दिन अक्षय पुण्य प्राप्त गर्न यी चीजहरू दान गर्न सक्नुहुन्छ, जल, कुम्भ, चिनी, छाता, सत्तु, फ्यान, पानीले भरिएको घडा,, बर्फी, सेतो रङको कपडा, नुन, चामल र चाँदी।

अक्षय तृतीयाको दिन गंगा स्नानको विशेष महत्व छ । यस दिन गंगा स्नान र दर्शन गर्नाले मानिसको सबै पाप नष्ट हुन्छ। अक्षय तृतीयामा पितृ श्राद्ध गर्ने व्यवस्था पनि छ। यस तिथिमा पितृको नाममा तर्पण गर्नु अत्यन्त शुभ मानिन्छ । अक्षय तृतीयाको दिन सुन किनेर विवाह गर्नु निकै शुभ मानिन्छ । भगवान् परशुराम र हयग्रीवले अक्षय तृतीयाको दिन अवतार लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर