नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी जेठमा गर्ने निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा सोमबारदेखि जारी सचिवालय बैठकले सो निर्णय गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले आउँदो माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको बताए । राष्ट्रिय विधानअनुसार राष्ट्रिय सम्मेलन सम्पन्न हुने उनको भनाइ छ । उनले भने,  “पुसको ९ गते स्थायी कमिटीको बैठक, पुस १० गते पोलिट्ब्युरो कमिटी, पुसको ११  र १२ गते केन्द्रीय कमिटीको बैठक हामी सम्पन्न गर्नेछौं ।”

उनले राष्ट्रिय सम्मेलनमा विधान व्यवस्थाबारे छलफल गर्न कार्यदल गठन भएको बताए । यस कार्यदलमा उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख वेदुराम भुषाल, महासचिव घनश्याम भुषाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य  छन् । यस्तै, राष्ट्रिय सम्मेलन व्यवस्थापनका लागि गंगालाल तुलाधर, जीवनराम श्रेष्ठ, सावित्रा भुषाल, केदार सञ्जेल र विष्णु लम्साललाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले बताए । उनले  राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धमा छलफलका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय कमिटी गठन भएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर