मंगलबार पनि ओरालो लाग्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १०.१० अंकले घटेर एक हजार ८ सय ३७ दशमलब ७१ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६१ कम्पनीकोे शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार सिंगटी हाइड्रो इनर्जीको शेयरमूलय आज १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रुपैयाँ पुगेको छ । साथै सिभिल बैंक डिभेञ्चर २०८८ को शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.३६ प्रतिशतले बढेर प्रतिकित्ता ९९९ रुपैयाँ पुगेको छ ।

बिशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९.५३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार माउन्टेन इनर्जि नेपाल लिमिटेडको भएको छ । आज यस बैंकको ३६ करोड २९ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर