एनसेल कर विवाद मुद्दाको सुनुवाइ फागुन १५ मा हुने

काठमाडौं । करिब ५८ अर्ब रुपैयाँ कर निर्धारण गर्ने ठूला करदाता कार्यालयको निर्णयविरुद्ध एनसेलले दायर गरेको रिट निवेदन फागुन १५ गते सुनवाइ हुने भएको छ । सर्वोच्च अदालतमा एनसेल आजियाटा लि.को तर्फबाट रमेश घिमिरेसमेतले २०७७ साल पुस २६ गते दायर गरेको रिट सुनुवाइका लागि आज पेशीमा परेको थियो । तर, उक्त रिट समेटिएको पेशी गोला प्रथा हुँदा कुनैपनि न्यायाधीशले नथुतेपछि स्थगितको सूचीमा परेको हो । सर्वोच्चमा २०७८ मंसिर १५ गतेदेखि पेशी गोलाप्रथाबाट निर्धारण गरिँदै आएको छ ।

एनसेलले त्यतिबेला आफूमाथि थालिएको कर निर्धारण तत्काल रोकी पाउँ भनी निवेदन दिएको थियो । करिब तीन वर्षअघि दर्ता भएको रिट निवेदन यसअघि महान्यायाधिवक्ताको कार्यालयको निवेदन अनुसार स्थगित हुँदै आएको थियो । ठूला करदाता कार्यालयले १० पुस २०७७ मा स्वामित्व परिवर्तनबापत ‘संशोधित कर निर्धारण’ किन नगर्ने भनी एनसेललाई पत्र पठाएको थियो । त्यही पत्रलाई चुनौती दिई एनसेल सर्वोच्च अदालत गएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर