जाजरकोटका भूकम्पपीडितहरूमा स्वास्थ्य समस्या बढ्दो

काठमाडौं । मौसमको प्रतिकूलतासँगै भूकम्प प्रभावित जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । भूकम्पका कारण घर भत्किएपछि त्रिपालमा बस्दै आएका अधिकांश व्यक्तिको स्वास्थ्यमा रुघाखोकी, ज्वरो, निमोनिया तथा दमलगायतका समस्याबाट गुज्रिनु परेको छ ।

नलगाड नगरपालिका वडा नं ३ का अध्यक्ष कौशीबहादुर बिष्टले जाजरकोटको नलगाड, रुकुमको आठबिसकोट, सानीभेरी, चौरजहारी र सल्यानको दार्मा गाउँपालिकाका चिसोका कारण भूकम्पपीडितहरू विशेषतः बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, सुत्केरी महिला र गर्भवती महिलाले बढी समस्या भोग्नुपरेको बताए । उनले रातको चिसोसँगै शीतले त्रिपाल भिज्दा रात काट्न समस्या भइरहेको अध्यक्ष बिष्टले बताए ।
भूकम्पका कारण जाजरकोटका ३५ हजार घरहरू पूर्णतया क्षतिग्रस्त छन् । भूकम्पमा परेर एक सय एक जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयको तथ्याङमा उल्लेख छ ।

यस्तै रुकुममा २७ हजार घरमा क्षति पुगेको छ भने ५३ जनाले ज्यान गुमाएका छन् । सल्यान जिल्लाका १३ सय घर बस्न नमिल्ने खालका छन् भने ३ जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्क छ । भूकम्पपीडितका लागि अस्थायी हटरा बनाउने काम सुरु भएपनि दक्ष जनशक्ति र कामदारको अभाव हुँदा अस्थायी आवास बनाउन ढिलो भइरहेको नलगाडका स्थानीय गणेशप्रसाद सिंहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर