मिचुङ नामक आँधीको प्रभाव : ६ जनाको मृत्यु

काठमाडौं । भारी वर्षा र तीव्र आँधीका कारण भारतको दक्षिणी तटीय क्षेत्रमा धेरै मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ । तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष गरी तटीय क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीका कारण चेन्नाइ शहरका धेरै आवासीय क्षेत्रहरु बाढी पसेर जलमग्न भएको छ । कारहरु बगेका छन् भने रुखहरु उखेलिएका छन् ।

आँधी र बाढीकै कारण भारतकै सबैभन्दा व्यस्त विमानस्थल चेन्नइको विमानस्थल हिजो सञ्चालन हुन सकेन । चेन्नई प्रहरीले हालसम्म ६ जनाको मृत्यु भएको जनाएको छ । आँधीका कारण संरचनाहरु ढल्दा र करेन्ट लागेर मानिसको मृत्यु भएको हो ।

भारी वर्षाका कारण चेङ्गलपट्टु शहरमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको समाचार छ । मिचुङ नामक आँधी आज विहान आन्ध्र प्रदेशबाट जमिनमा अवरतण गर्ने अनुमान गरिएको छ । यसको गति १ सय १० किलोमिटर प्रतिघन्टा रहनेछ । आँधीले बढी असर पुर्‍याउने आन्ध्र प्रदेश र तामिलनाडुका विद्यालय, कलेज, बैंक लगायतका सार्वजनिक निकायहरु हिजै देखि बन्द गरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर