आज स्वर सम्राट नारायण गोपालको ३३ औं स्मृति दिवस मनाइँदै

काठमाडौं । आज (मंगलबार) मंसिर १९ गते स्वर सम्राट नारायण गोपालको ३३ औं स्मृति दिवस मनाइँदैछ ।

नेपाली आधुनिक गीत संगीतको दुनियाँमा अद्भूत छाप छाड्न सफल नारायण गोपालको वि.सं. २०४७ साल मंसिर १९ गते निधन भएको थियो । वि.सं. १९९६ सालको असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको ५१ वर्षकै उमेरमा निधन भएको थियो ।

उनले गाएका ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीतहरु छन् । त्यस्तै ‘म त लाली गुराँस भएछु’,​ ‘दुईटा फूल द्यौरालीमा’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, आजै र राति के देखेँ सपना’, ‘पोखिएर घामको झुल्का’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’ लगायतका गीत पनि सर्वाधिक रुचाइएका छन । उनका सुमधुर गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।

२० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका थिए ।

गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलागायत प्रतिष्ठित पुरस्कार पाएका उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर