सेल्टा भिगो र कार्डिजले बराबरी खेले

काठमाडौं ।  स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगो र कार्डिजले बराबरी खेलेको छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

कार्डिजका क्रिस रामोस र सेल्टाका जोर्गेन स्ट्रान्ड लार्सनले एक–एक गोल गरेका थिए । कार्डिजका रामोसले खेलको १६औँ मिनेटमा सुरुवाती गोल गरेका थिए भने सेल्टाका जोर्गेनले ५७ औँ मिनेटमा गोल फर्काएका थिए ।

सुरुवाती अग्रता जोगाउन नसक्दा कार्डिज सेल्टासँग अंक बाँड्न बाध्य भयो । जारी लिगमा १५ खेल खेलेको कार्डिज १२ अङ्कका साथ १६औँ स्थानमा छ भने ९ अङ्क भएको सेल्टा १८औँ स्थानमा छ ।  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर