युरोकप २०२४ः समूह चरणमा कुन राष्ट्रले कसको विरुद्ध खेल्दैछन् ?

काठमाडौं ।  जर्मनीमा अबको ६ महिनापछि आयोजना हुने वर्ष २०२४ को १७औँ युरोकप फुटबलका लागि समूह चरणको छनोट तालिका सार्वजनिक भइसकेको छ।

२४ राष्ट्र सहभागी प्रतियोगितालाई ६ समूहमा विभाजन गरिएको छ, जहाँ प्रत्येक समूहमा चार-चार राष्ट्रहरुलाई राखिएको छ।  समूह ‘ए’ मा जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्विट्जरल्याण्ड परेका छन् भने समूह ‘बी’ मा इटाली, क्रोएसिया र स्पेन र अल्बानिया परेका छन्।

समूह ‘बी’लाई यस पटक ग्रुप अफ् डेथका रुपमा हेरिएको छ। ग्रुप अफ् डेथ अर्थात् प्रतियोगिताको सबैभन्दा कठिन समूहमा युरोपका शीर्ष तीन र हेभिवेट टोली र साविकको युरोकप विजेता इटाली सहित सन् २०१८ को विश्वकपको उपविजेता क्रोएसिया र स्पेन परेका छन्। यसैगरी समूह ‘सी’मा इङ्ल्याण्ड, स्लोभानिया, डेनमार्क र सर्विया परेका छन्। यस्तै समूह ‘डी’मा फ्रान्स, नेदरल्याण्ड, अस्ट्रिया र एउटा टोलीको टुङ्गो लाग्न बाँकी रहेको छ। यसैगरी समूह ‘ई’मा बेल्जियम, स्लोभाकिया, रोमानिया र एउटा टोलीको टुङ्गो लाग्न बाँकी रहेको छ।

यसैगरी समूह ‘एफ’ मा पोर्चुगल, टर्की, चेक रिपब्लिक र एउटा टोलीको टुङ्गो लाग्न बाँकी रहेको छ। समूह चरणमा प्रत्येक राष्ट्रले एक-एक खेल खेल्ने छन्। समूहमा उत्कृष्ट दुई भित्र रहन सक्ने टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। नकआउट चरणका खेलहरु ३० जुनका दिनदेखि हुनेछन् भने क्वाटरफाइनलको खेल ५ जुलाई, सेमिफाइनलको खेल ९ जुलाई र फाइनल खेल २४ जुलाईका दिन बर्लिनको ओलम्पिया स्ट्याडियन रंगशालामा ७० हजार दर्शक अघि खेलाइने छ।

युरोकप २०२४ का लागि जम्मा १० वटा रंगशालाहरुको प्रयोग गरिने भएको छ, जहाँ प्रत्येक रंगशालाको क्षमता कम्तिमा ४२ हजार र बढीमा ७० हजारसम्मको क्षमता रहेको छ। युरोकपको विजेताहरुको बारेमा भन्नुपर्दा स्पेन र जर्मनी दुबैले अहिलेसम्म ३-३ पटक युरोकपको ट्रफी जितेका छन् भने फ्रान्स र इटालीले २ पटक युरोकपको ट्रफी जित्न सफल भइसकेका छन्। यस्तै पोर्चुगल, चकोस्लोभाकिया, सोभियत युनियन, नेदरल्याण्ड र डेनमार्कले एक-एक पटक युरोकपको ट्रफी जित्न सफल भएका छन्।

आउँदो वर्ष जर्मनीको घरेलु भूमिमा आयोजना हुने युरोकपमा उपाधिको दाबेदारका रुपमा इङ्ल्याण्ड, पोर्चुगल, इटाली, बेल्जियम, जर्मनी, स्पेन र क्रोएसियालाई हेरिएको छ। जसमध्ये इङ्ल्याण्डलाई उपाधिका लागि सबैभन्दा धेरै हकदार राष्ट्रका रुपमा हेरिएको छ। आफ्नो घरेलु मैदानमा सञ्चालन गर्न लागेको जर्मनीलाई युरोपकको उपाधि दाबेदारका रुपमा भने हेरिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर