नेप्से सोमबार झिनो अंकले घटेर बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.४२ अंकले घटेर एक हजार ८ सय ४७ दशमलब ८१ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब १९ करोड ७२ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १२२ कम्पनीको शेयरमूल्य बढेको छ भने १०९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.०६ प्रतिशतले बढेर प्रतिकित्ता १२२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, माउन्टेन इनर्जी नेपाल लिमिटेड र एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस बैंकको ७ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर