प्रधानमन्त्री बेन्जामिन नेतेन्याहुको विरोधमा हजारौंले प्रदर्शन गरे

काठमाडौं । इजरायलमा प्रस्तावित न्यायिक प्रणाली परिमार्जन र प्रधानमन्त्री बेन्जामिन नेतेन्याहुको विरोधमा हजारौंले प्रदर्शन गरेका छन् ।

इजरायलको ठुलो शहर तेल–अभिवलगायत अन्य शहरहरुमा भेला भएका हजारौं सर्वसाधारणले नेतान्याहुको तस्बीरमा ‘क्राइम मिनिष्टर’ लेखेको विशाल ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

नेतान्याहुको सरकारले देशको सर्वोच्च अदालतलाई कमजोर बनाएको र यसले देशको लोकतन्त्र खतरामा पर्ने भन्दै गरिएको विरोध प्रदर्शनमा नेतान्याहुको राजीनामा माग गरिएको छ ।

प्रदर्शनमा सहभागी यहुदी महिलाहरुले न्यायिक सुधार मात्र नभई लोकतन्त्र जिवीत राख्न प्रदर्शन गरिएको बताउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । भ्रष्टाचारको आरोप खेपिरहनु भएका प्रधानमन्त्री नेतान्याहुले देशको सर्वोच्च निकाय अदालतमा आफ्ना निकटका साझेदारहरुलाई नियुक्त गरेपछि देशभर विरोध भएको हो ।

विरोध प्रदर्शनका बीच हजारौं सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । शान्तिपूर्ण रूपमा सुरू गरिएको विरोध प्रदर्शनमा प्रहरीले दमन गर्न खोज्दा केही स्थानमा झडप समेत भएको छ । एजेन्सी

प्रकाशित मितिः २०८० बैशाख १० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर