छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं ।  मकवानपुरको हेटौँडा उपमहानगरपालिका १६ स्थित पानीस्वारामा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बारा जिल्ला निजगढ नगरपालिका १३ का वर्ष २६ का डिलम थिङ र ट्याक्टरमा सवार हेटौँडा उपमहानगरपालिका १६ पानीस्वाराका वर्ष ५६ का जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मधेस प्रदेश ०३–००१ त ६९८७ नं.को ट्याक्टर ब्याक गर्ने क्रममा आफै अनियन्त्रित भई पानीस्वारा भिरबाट करिब तीन सय मिटर तल खसी दुर्घटना भएको थियो । आइतबार भएको ट्याक्टर दुर्घटनामा दुवै जना घट्नास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी पाल्पामा गए राति ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट–१, ख्याहा बस्ने २४ वर्षीय शिवबहादुर पालुङ्गे भएको प्रहरीले जनाएको छ । जिल्लाको रैनादेवी छहरा–२, स्थित सिजी कम्पनीभित्र माटो बोक्ने क्रममा लु १ क ३१६१ नम्बरको ट्रिपर दुर्घटना हुँदा ट्रिपरमा सवार पालुङ्गे घाइते भएको थियो ।

उनको उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर