धनकुटामा वडाध्यक्षलाई घरमै थुनेर आगजनी

काठमाडौं । धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइँको घरमा अज्ञात पक्षले शनिबार राति आगजनी गरेको छ । राति घरको माथिल्लो तलामा सुत्न गएपछि भुइँ तलाबाट माथिल्लो तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा जम्मा गरेर आगो लगाइएको गुरागाइँले बताए ।

सुतिरहेको समयमा लुगा डढेको गन्ध आएपछि उठेर हेर्न खोज्दा ढिकमा चाबी लगाएको थाहा पाएर छिमेकीलाई बोलाएर चाबी तोडेर हेर्दा लुगा एक ठाउँमा राखेर आगो लगाइएको नजिकै ग्यासको सिलिन्डर राखेको पाइएको उनले बताए ।

कसले आगजनी गरेको हो भन्ने कुराको पहिचान हुन नसकेको र सोबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए । आगलागीबाट लुगाकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर