यू-१७ फिफा विश्वकपको उपाधि जर्मनीले जित्यो

काठमाडौं । १७ वर्ष मुनिको फिफा विश्वकपको उपाधि जर्मनीले जितेको छ।  इन्डोनेसियामा सम्पन्न फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै जर्मनी पहिलो पटक च्याम्पियन बनेको हो।

रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलको निर्धारित समयको खेल २– २ गोलको बराबरीमा सकिएको थियो। २९ औं मिनेटमा पेरिस ब्रुनेरले पेनाल्टीमा गोल गर्दै जर्मनीलाइ अग्रता दिलाएका थिए। ५१ औं मिनेटमा नोहा डार्भिचले अग्रता दोब्बर बनाए। तर फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरी गर्‍यो। ५३ औं मिनेटमा सोइमोनको गोलमार्फत फ्रान्स खेलमा फर्किएको थियो। ८५ औं मिनेटमा माथिस एमोगोउले गोल गरेपछि खेल २–२ को रोमाञ्चक मोडमा पुगेका थियो।

त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल पेनाल्टीमा धकेलियो । जसमा जर्मनीले बाजी मार्‍यो। फ्रान्सका तीन खेलाडी पेनाल्टीमा चुकेका थिए। जर्मनीका पेरिसले गोल्डन बल जित्दा उपविजेता टिमका पल आर्गेनीले गोल्डेन ग्लोब्स हात पारे। गोल्डेन बुट भने अर्जेन्टिनाका अगस्टिन रोबर्टोले हात पारे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर