कोशी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी तोकियो

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक महिनादेखि विनाविभागीय मन्त्री रहेकाहरूलाई आज आइतबार मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
विनाविभागीय मन्त्री कांग्रेसका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

मुख्यमन्त्री कार्कीसँगै राई असोज २७ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए भने उप्रेती र जवेगु कात्तिक १७ गते मन्त्री नियुक्त भएको थियो । असोज २७ गते नै मन्त्रीमा नियुक्त भएका नेकपा एमालेका राम रानाले भने राजीनामा दिएका छन् ।

मुख्यमन्त्री नियुक्त भएदेखि नै मन्त्रीहरूलाई जिम्मेवारी दिन नसकेका मुख्यमन्त्री कार्कीले बजेट पारित गरेर जिम्मेवारी दिएको हो । अब सभामुखको चुनाव भएपछि मात्रै मन्त्रिमण्डल विस्तार तथा पूर्णता दिने मुख्यमन्त्रीको मानसिकता रहेको छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशी प्रदेशमा सभामुख पद रिक्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर