यूरिक एसिड बढ्दा के खाने के नखाने ?

काठमाडौें । चिसो बढेसँगै विभिन्न रोगको समस्या देखा पर्छ । त्यसमा एक हो युरिक एसिड बढ्नु । युरिक एसिड बढ्दा हाडजोर्नी सुन्निने, दुख्ने र झमझम गर्ने समस्या हुन्छ । जाडोयाममा धेरै देखिने यो रोगले वृद्ध उमेरका व्यक्तिलाई बढी सताउँछ ।

स-साना जोर्नी दुखाइबाट सुरु हुने युरिक एसिड बढ्दै जाँदा दैनिक जीवन नै कष्टकर बन्न सक्छ र सामान्य हिंडडुलमा पनि समस्या हुन्छ । रगतमा युरिक एसिडको मात्रा बढी भएपछि हुने यो एक जटिल र दीर्घरोग पनि हो ।

युरिक एसिड हुँदा कस्तो खानेकुरा बार्ने ?

खानामा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिडको समस्या देखा पर्छ । प्रोटिन धेरै भएका खानेकुरा खाँदा सन्तुलन मिलाएर खानुपर्ने हुन्छ । अमिलो खानेकुरा, जंकफुड र प्याकेट फुडबाट टाढा रहनुपर्छ । यस्तै तामा, लामो समय सीसीमा खाँदेर राखिएको अचार (गुन्द्रुक, सिन्की) युरिक एसिड भएको व्यक्तिले खानु हुँदैन । यस्ता खानेकुराले दुखाइ बढाउँछ ।

युरिक एसिड भएका व्यक्तिले रातो मासु खानु हुँदैन । दुखाइ कम छ भने गेडागुडी, कुखुराको मासु, माछा खान सकिन्छ, तर दुखाइ निकै बढी छ भने यी खानेकुरा पनि नखाएकै राम्रो हुन्छ ।

युरिक एसिडको औषधि सेवनसँगै खानेकुरामा नियन्त्रण गर्न सकेमा बल्झिने सम्भावना एकदमै न्यून हुन्छ ।

के के खान मिल्छ ?

युरिक एसिड हुँदा पानीको मात्रा बढी हुने खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । युरिक एसिड पिसाबको माध्यमबाट पनि बाहिर निस्किने भएकाले काँक्रो, खर्बुजा, दूध, फलफूल, हरियो तरकारी, दही, कफी, ग्रिन टी, सलादजस्ता पानीको मात्रा धेरै हुने खानेकुरा फाइदाजनक हुन्छ ।

त्यसैगरी युरिक एसिडको समस्या भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । खानाका साथै दैनिक पसिना आउने गरी शारीरिक व्यायाम पनि गर्नुपर्छ । किनकि माटोपनको कारणले पनि शरिरमा युरिक एसिड बढाउँछ ।

खानै नहुने ?

युरिक एसिड भएकाले रातो मासु (राँगो, खसी, भेडा, सुगुरको मासु) र अल्कोहल पूर्ण रुपमा खान बन्द गर्नुपर्छ । रातो मासु र मदिराले शरीरमा युरिक एसिडको मात्रा बढाउनुका साथै शरीरमा बनेको युरिक एसिडलाई पिसाबको माध्यमबाट निस्कन अवरोध पुर्‍याउँछ ।

सामान्यतया यसको दुई तरिकाले उपचार गर्न सकिन्छ- मेडिकल (औषधि प्रयोग गरेर) र नन-मेडिकल (औषधिको सेवन बिना) । मेडिकल उपचारमा युरिक एसिडको समस्या र जटिलता हेरी एलोप्याथिक, आयुर्वेद, होमियोप्याथिक जस्ता चिकित्सा पद्धतिबाट उपचार गर्न सकिन्छ । नन-मेडिकल उपचारमा खानपानमा ध्यान दिन सुझाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर