महरेजको ह्याट्रिकमा सिटी फाइनलमा

काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको सेमिफाइनलमा सेफिल्ड युनाईटेडलाई ३-० गोल अन्तरले हराउँदै सिटी फाइनलमा पुगेको हो ।

सिटीको जितमा रियाद महरेजले ह्याट्रिक गोल गरे ।

खेलको ४३ औं मिनेटमा महरेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६१ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६६ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० को जित दिलाए ।

अब सिटीले उपाधिका लागि म्यानचेस्टर युनाईटेड र ब्राइटनबीचको विजेतासँग खेल्नेछ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर