प्रेस्क्रिप्सनविना औषधि बिक्री–वितरण नगर्न  चेतावनी

काठमाडौं ।  औषधि व्यवस्था विभागले डाक्टरको प्रेस्क्रिप्सनविना औषधि बिक्री–वितरण नगर्न  चेतावनी दिएको छ ।

विभागले औषधि ऐन २०३५ को दफा (१७) को उपदफा २ मा चिकित्सकको प्रेस्क्रिप्सनविना बिक्रीवितरण गर्न नहुने भनी उल्लेख गरिएअनुसार समूह ‘क’ र समूह ‘ख’ का सूचीमा रहेका औषधिहरु बिक्री नगर्न भनेको हो ।

औषधि पसलको निरीक्षणको क्रममा यस्ता औषधि विना प्रेस्क्रिप्सन नै बिक्री–वितरण भएको पाइएको विभागले जनाएको छ । एन्टिबायोटिक औषधिहरू समेत विना प्रेस्क्रिप्सन बिक्री–वितरण हुँदा जीवाणुहरुमा औषधि प्रतिरोधी क्षमता वृद्धि भइ अत्यावश्यक परेका बेला औषधिले काम नै नगर्ने अवस्था समेत आएको भन्दै विभागले सचेत गराएको छ । ऐनमा उल्लेख भएविपरीत त्यस्ता औषधि बिक्री गरेको पाइए कारबाही हुने विभागले चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर