मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

काठमाडौं । पोखरामा भएको केपी ओली कप टी–२० कपको उपाधि मधेश प्रदेशले जितेको छ । फाइनलमा आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले उपाधि जितेको हो । मधेश प्रदेशले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए । त्यस्ते सन्तोष कार्कीले १६, भिम सार्कीले २२ रनको योगदान गरे । त्यस्तै विवेक यादव २५ तथा सोमपाल कामी १६ रनमा अविजित रहे । मधेश प्रदेशका लागि हरिशंकर साहले सर्वाधिक चार, प्रदिप पाशवानले दुई तथा प्रतिक यादवले एक विकेट लिए । यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनाएको छ ।

मधेश प्रदेशका लागि विशाल पटेलले सर्वाधिक ४९ रन बनाए । उनले ३२ बलमा समान तीन तीन चौका र छक्का प्रहार गर्दै अविजित ४९ रन बनाए । त्यस्तै प्रदिप पाशवान ४ रनमा अविजित रहे । त्यस्तै हरिशंकर साहले २७, हिमान्सु दत्तले १४ विशाल सुस्लिङले १० रनको योगदान गर्दा अन्य खेलाडी दोहोरो अंकको रन बनाउन सकेनन् । पवन सर्राफले ९, इमरान शेखले ८, अनिल साहले ६ तथा मायान यादवले तीन रन बनाए । रुपेश सिंहले रनको खाता नै खोल्न सकेनन् । आर्मीका लागि शाहब आलम र विकेक यादवले समान तीन तीन विकेट तथा सोमपाल कामी र बसिर अहम्मदले एक एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर