लम्कीमा बसको ठक्करबाट यात्रीको मृत्युपछि राजमार्ग अवरुद्ध

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् ।

बस चालकमाथि कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै उनीहरुले लम्की खण्डमा राजमार्ग अवरुद्ध पारेका हुन् । मृतकका आफन्तको आन्दोलनका कारण पश्चिमबाट पूर्वतर्फ जाने र पूर्वबाट पश्चिमतर्फ आउने सवारीसाधनहरु बाटोमै रोकिएको छ ।

हिजो साँझ पूर्वतर्फ जाँदैगरेको ना ५ ख ८७०० नम्बरको बसको ठक्करबाट गम्भीर घाइते लम्कीचुहा नगरपालिका –२ मा ठक्कर दिंदा मोहन्याल गाउँपालिका –७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको उपचारको क्रममा ज्यान गएको थियो । मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ।
ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर