आजदेखि सिनेमा हलमा ‘एनिमल’ तथा ‘साम बहादुर’

काठमाडौं  ।  आज शुक्रवार बलिउडका दुई नयाँ फिल्म नेपालका सिनेमा हलमा प्रदर्शन भैरहेका छन् । ‘एनिमल’ तथा ‘साम बहादुर’ सिनेमा हलमा प्रदर्शन भएका छन् । यी दुई फिल्मसंगै नेपाली फिल्म ‘दिमाग खराब’ ले पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ ।

एनिमल

बलिउड अभिनेता रणबिर कपुरको मुख्य भूमिका रहेको ‘एनिमल’ को ट्रेलर सार्वजनिक भएको छ । एक्सन प्याक्ड दृश्यले भरिपूर्ण ट्रेलरमा फिल्मको कथाको पनि खुलासा गरिएको छ ।

यो फिल्ममा बाबु–छोराको सम्बन्ध र त्यसले ल्याउने सामाजिक प्रभावको कथा बुनिएको छ । बाबुले छोरालाई बाल्यकालदेखि नै समय दिन नसक्दा छोरामा विकास हुने आपराधिक र हिंसात्मक संस्कार अनि परिवारमा विग्रह आउँदा तेस्रो व्याक्तिले गर्ने चलखेलमा यो फिल्म केन्द्रित छ ।

निर्देशक सन्दीप रेड्डी बांगाद्वारा निर्देशित यो फिल्ममा पनि हिंसा र प्रेमको मनोविज्ञानलाई चित्रण गरेका छन् । रणबिर कपुरको चरित्रमा बहुआयामिक देख्न सकिन्छ । अनिल कपुरलाई उनका पिता र रश्मिका मन्दनालाई श्रीमतीको रुपमा देखाइएको छ । बबी देओल खलपात्रको भूमिकामा छन् ।

‘एनिमल’ मा धेरैपछि सशक्त अभिनय रणवीरको देखिन्छ । ट्रेलर डार्क भए पनि व्यावसायिकता पनि मिश्रण गरिएको छ । फिल्ममा बबी देओल पनि दमदार भूमिकामा छन् । उनी ग्याङस्टरको चरित्रमा देखिन्छन् । टी–सीरीजको व्यानरमा निर्माण भएको यो फिल्म आजदेखि विश्वव्यापी प्रदर्शनमा आएको हो ।

साम बहादुर

भारतीय सेना पूर्व प्रमुख साम मनेक्सको बायोपिक फिल्म ‘साम बहादुर’ पनि आजदेखि प्रदर्शनमा आएको छ । फिल्मको शीर्ष भूमिकामा अभिनेता विक्की कौशल प्रस्तुत भएका छन् । मनेक्स सन् १९७१ मा भएको भारत–पाकिस्तान युद्धको बेला भारतीय सेना प्रमुख थिए ।

यो फिल्ममा अभिनेता कौशलसहित फातिमा सना शेख तथा सान्या मलहोत्राले पनि अभिनय गरेका छन् । मेघना गुलजारद्वारा निर्देशित यो फिल्मको ट्रेलरले दर्शकलाई आकर्षित गरिसकेको छ । फिल्मको ट्रेलर गुरु वाणीको पंक्तिबाट प्रारम्भ हुन्छ, जहाँ साम मानेक्सले आफ्ना सिपाहीलाई लडाईँमा हार नमान्न प्रेरित गरेको देखिन्छ । त्यसपछि मानेक्सले कसरी भारतीय सेनाको नेतृत्व गरे र भारतलाई सन् १९७१ को भारत–पाक युद्ध जित्न उत्प्रेरित गरे भन्ने चित्रण गरिएको छ ।

यो फिल्ममा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा फातिमा सना शेख तथा सामकी श्रीमतीको भूमिकामा सान्या मल्होत्रा देखिएकी छिन् । फिल्ममा साम मानेक्सको जीवनका धेरै महत्वपूर्ण पक्षलाई प्रस्तुत गरिए पनि मुख्यत सन् १९७१ को भारत–पाकिस्तान युद्धलाई देखाउँछ ।

फिल्मले भारतीय सेनाप्रति मानेक्सको जोश र उत्साह देखाएको छ । मानेक्सले ४० वर्ष युनिफर्म लगाएर देशको सेवा गरेका थिए र उनको शैलीलाई विक्की कौशलले फिल्ममा दुरुस्तै उतार्ने प्रयास गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर