केपी ओली कपको फाइनल आज, आर्मी र मधेश भिड्दै

काठमाडौं । पोखरामा जारी ‘केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश भिड्ने भएका छन्।

खेल दिउँसो साढे १२ बजे पाेखरा क्रिकेट मैदानमा हुनेछ। आर्मीको कप्तानी विनोद भण्डारीले सम्हाल्दा मधेश प्रदेशलाई हरिशंकर शाहको नेतृत्वमा खेल्दैछ। सेमिफाइनलमा आर्मीले बागमतीलाई र मधेशले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई हराएर फाइनलमा स्थान बनाएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर