एसइई परीक्षा अवधिभर बैतडीमा मदिरा बिक्री वितरणमा रोक

बैतडी । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा अवधिभर बैतडीमा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्लाको मेलौली नगरपालिकाले नगरभित्र एसइई परीक्षाअवधिभर मदिर बिक्री वितरण र सेवनमा रोक लगाएको हो । नगरभित्र रहेका ३ वटै परीक्षा केन्द्र आसपास तथा परीक्षासँग सम्बन्धित व्यक्तिहरु बास बसेको ठाउँ नजिक मदिरा बिक्री वितरणमा रोक लगाइएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले जानकारी दिए । ।

मेलौलीमा मणिलेक माध्यमिक विद्यालय काँडा, दुर्गा माध्यमिक विद्यालय खलिगाड र विजयपुर माध्यमिक विद्यालय तिताबै गरी जम्मा ३ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षार्थीलाई परीक्षाको समयमा मदिरा सेवनले बाधा पुग्न सक्ने भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

परीक्षा अवधिभर मदिरा बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर