जाजरकोटमा चिसोबाट एक बालिकाको मृत्यु
काठमाडौं । भुकम्प पछि जाजरकोटमा त्रिपालमा बस्दै आएकाहरुको चिसोको कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै छ ।
चिसोबाट एक बालिकाको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका– १ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।
चिसाले बालिकालाई निमोनिया भएपछि उपचारका लागि छेडागाड नगरपालिकाको मटेलास्थित मेडिकलमा लैजाने क्रममा उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
गत कात्तिक १७ गते गएको भूकम्पपछि सुनीलको परिवार त्रिपालमुनि बस्दै आएको छ ।दोस्रो पीएसभी इन्दोभानको ८ र तेस्रो लेन्सको ५ अंक छ ।
प्रतिक्रिया