हमास र इजरायलबीच पछिल्लो युद्धविरामको समयावधी सकिँदै

काठमाडौं । हमास र इजरायलबीच पछिल्लो युद्धविरामको समयावधी सकिँदैछ ।

युद्धविराम लम्ब्याउन पहल जारी रहेपनि हालसम्म युद्धविराम लम्ब्याउने सम्झौता हुन सकेको छैन । आज युद्धविरामको छैटौं तथा अन्तिम दिन । थप सम्झौता नभए युद्धविरामको पछिल्लो समयावधी स्थानीय समय अनुसार आज विहान ७ बजे सकिँदैछ ।

पछिल्लो खेपमा हमासले आफ्नो कब्जामा रहेका १६ जना रिहा गरेको छ । यसमध्ये १० जना इजरायलसंगको सम्झौता अनुसार र ४ जना थाई र दुई जना रसियाली नागरिक भिन्दै सहमतिमा छाडिएको कतारी भनाइ छ ।

यसको बदलामा इजरायली कैदमा रहेका ३० जना प्यालेस्टायनी कैदीबन्दी छाडिएको अलजजीराले जनाएको छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन इजरायल पुग्नुभएको छ । अक्टोबर ७ मा युद्ध सुरु भएयता ब्लिंकेन तेस्रो पटक तेल अभिभ पुग्नुभएको हो । ब्लिंकेन वेस्ट ब्यांक क्षेत्र पनि जाने तयारीमा हुनुहुन्छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर