२४ घन्टामा ७८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा ७८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २२४ पिसिआर र ९ सय २४ जनाको एन्टिजेन परीक्षणका क्रममा ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २० घन्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म १२ हजार २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। उक्त अवधिमा ५० जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ९ लाख ९० हजार १ सय ४७ पुगेको छ। देशभर हाल ३ सय ८३ जना सक्रिय संक्रमित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर